युक्रेन । बिहीबार पूर्वी युक्रेनको एक अपार्टमेन्ट भवनको भग्नावशेषमा बचेकाहरूलाई रुसी आक्रमणले ध्वस्त पारेपछि उद्धारकर्ताहरूले खोजी शुरु गरेका छन् ।
किभले मस्कोको आक्रमणको पहिलो वर्षगाँठमा ठूलो आक्रमण हुने अपेक्षा गरेको छ । युक्रेनको मध्यभागमा रहेको क्रामाटोर्स्कको एक आवासीय भवनमा बुधबार रुसी रकेट प्रहार हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनुको साथै २० जना घाइते भएका छन् । टाउकोमा टर्च लगाएका उद्धारकर्ताहरूले भग्नावशेषबाट बाँचेकाहरूलाई निकाल्ने काम शुरु गरेका छन् ।
भग्नावशेषमुनि कुचिएको एक बासिन्दाको शव फेला परेपछि, उद्धारकर्ताहरूले पीडितलाई स्ट्रेचरमा लगेका बताइएको छ ।अग्निनियन्त्रकहरुले भत्किएको भवनको संरचनामा आफ्नो बाटोमा काम गरेका जनाइएको छ ।
धेरै मानिसहरू फसेका विश्वास गरिएको हुनाले प्यारामेडिक, खोज र उद्धार कुकुरहरू र विस्फोटक विशेषज्ञहरू यस उद्धारकार्यमा संलग्न रहेका डोनेट्स्क क्षेत्रीय प्रहरीले जानकारी दिएका छन् ।
आफ्नो अपार्टमेन्ट क्षतिग्रस्त भएको ७१ बर्षीय एक वासिन्दाले मैले पहिले सीटी सुनें र त्यसपछि सबै वरिपरि उड्न थाल्यो, भन्नु भएको छ ।‘शान्तिप्रिय मानिसहरू मरे र भग्नावशेषमुनि छन्’ युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रकेट प्रहारपछि लेख्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १९ माघ २०७९, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युरोपेली संघद्वारा रुसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू
भेनेजुयलासँग द्वन्द्व नगर्न रुसको अमेरिकालाई आग्रह