काठमाडौं । सभामुख देवराज घिमिरेले छोटो समयमा नै संसदीय गतिविधिबाट नागरिका समस्या समाधान गरी नेपालको संसदीय इतिहासमै शिक्षा दिने किसिमको भुमिका खेल्न सांसदहरुलाई आग्रह गरेका छन ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए।
उनले नागरिकका समस्यहरुको चाङ बढ्दै गइरहेकाले नागरिकका समस्याहरुलाई समाधान गर्न संसदमा आफ्नो भुमिकालाई बलियो बनाउनुपर्ने बताए । सभामुख घिमिरेले विगतमा कतिपय सांसदहरुको व्यवहार जनमुखी हुन नसकेको भन्दै संसदमा आइसकेपछि जनतासँग गरेका प्रतिवद्धताहरु पूरा गर्ने हिसाबबाट अघि बढ्न सुझाव दिए ।
उनले विगतमा संसदमा भएका राम्रा कुराबाट शिक्षा लिँदै सांसदहरुले आफ्नो संसदीय भुमिकालाई प्रभावकारी बनाउनुपर्ने बताए। उनले नागरिकले संसदका गतिविधिबाट, अभिव्यक्ति र प्रयत्नबाट सांसदहरुको काम खोजिरहेको बताए ।
सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउने सबैभन्दा ठूलो जिम्मेवारी सरकार र प्रमुख प्रतिपक्षको हुने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ माघ २०७९, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुनेको घटना लोकतन्त्रमाथिको प्रहार : सभामुख घिमिरे
संवैधानिक परिषद् विधेयकमा सभामुखले खोजे सत्तापक्षको धारणा
सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै
संघीयता महंगो भएको टिप्पणी तर्कसंगत छैन : सभामुख घिमिरे
सभामुख घिमिरेले भेटे कम्बोडियाका प्रधानमन्त्री
सभामुख घिमिरे र कम्बोडियन समकक्षीबिच भेटघाट