परराष्ट्रमन्त्री पौड्याल कोलम्बो प्रस्थान

सफल खबर संवाददाता

विहीबार, १९ माघ २०७९, १३ : १६
परराष्ट्रमन्त्री पौड्याल कोलम्बो प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गरेकी छन् ।

परराष्ट्रमन्त्री पौड्याललाई बन्दरानाइके इन्टरनेशनल विमानस्थलमा श्रीलंकाका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्ने कार्यक्रम रहेको छ । मन्त्री पौड्याल आज साँझ श्रीलंकाका लागि नेपाली राजदूत बासुदेव मिश्रले आयोजना गर्ने रात्री भोजमा सहभागी हुनेछिन् । यस अवसरमा उनले श्रीलंकामा रहेका नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने कार्यक्रमसमेत तय भएको छ ।

मन्त्री पौड्यालले भोली शुक्रबार श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने २१ माघमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग पनि शिस्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस