काठमाडौं । ११ बजेलाई बोलाएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक ५ घण्टा सरेको छ । अध्यक्ष लगायत शीर्ष नेताको कार्यव्यवस्तताले बैठक सरेको नेताहरुले बताएका छन् ।
‘११ बजे बस्ने भनिएको बैठक चार बजे बस्नेगरी सरेको छ’, माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेलले भने,‘शीर्ष नेताको कार्यव्यस्तताले सार्नुपरेको हो ।’
आजको बैठकमा माओवादीले तीन महिना कार्यायोजना लिएर नेताहरु जनताका घरदैलोमा जाने निर्णय गर्नेछ । त्यस्तै प्रदेश गठनका लागि अन्तरिम योजना बनाउने, चुनावी समिक्षा, विभागहरुको हेरफेर र जिम्मेवारी लगायतका विषयमा निर्णय गर्ने नेताहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ माघ २०७९, १० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
माओवादीको केन्द्रीय कमिटी बैठक जारी
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण