भारतीय बजेट: भुटानलाई २४ अर्ब, नेपाललाई घटाएर ५ अर्बमात्र

एजेन्सी

बुधबार, १८ माघ २०७९, १४ : ५१
भारतीय बजेट: भुटानलाई २४ अर्ब, नेपाललाई घटाएर ५ अर्बमात्र

काठमाडौं । भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को नयाँ  बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ अर्थात आठ अर्ब ८० करोड नेपाली रुपैयाँसहयोग गर्ने घोषणा गरेकी छिन् ।

बुधबार संसद भवनमा बजेट पेश गर्दै वित्त मन्त्री सीतारमणले  २ अर्ब भारतीय रुपैयाँ घटाएर पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ सहयाेग गर्ने घोषणा गरेकी हुन् । गत वर्ष नेपाललाई सात अर्ब ५० करोड भारु अर्थात १२ अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने बजेटमा समेटिएकाे थियाे ।

वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को नयाँ  बजेटमा भुटानलाई २४ अर्ब रुपैयाँ सहयाेग गर्ने उल्लेख गरेकी छन् । 

प्रतिक्रिया दिनुहोस