सांसद घर्तीद्वारा शहीद मार्गलाई कालोपत्रे गर्न माग

सफल खबर संवाददाता

बुधबार, १८ माघ २०७९, १४ : ३२
सांसद घर्तीद्वारा शहीद मार्गलाई कालोपत्रे गर्न माग

काठमाडौं । संसदमा शहीद मार्गलाई कालोपत्रे गर्न माग गरिएको छ । नेकपा एमालेकी सांसद ईश्वरी घर्तीमगरले दाङको घोराहीदेखि रुकुमको मैकोटसम्म जोड्ने शहीद मार्गको कालोपत्रे गर्न माग गरेकी हुन ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन । उनले भनिन्’४० वर्षअघि सुरु भएको शहीद मार्गको सडकको कालोपत्रे हुन नसक्दा दुस्ख लाग्छ।’

तत्कालीन नेकपा माओवादीले जनश्रमदान गराएर तत्कालीन नेकपा माओवादी युद्धमा हुँदा केही भाग खनिएको थियो । त्यसपछि यसलाई शहीद मार्ग समेत भनेर चिनिन थालेको छ ।

रोल्पाभर अहिलेसम्म जम्मा ६० किलोमिटर सडक मात्रै कालोपत्रे भएको भन्दै उनले रोल्पालीले कहिले सहज सडकमा यात्रा गर्न पाउँछन भनेर प्रश्न समेत गरिन्।

प्रतिक्रिया दिनुहोस