१३० बिघा क्षेत्रफलमा गरिएको अफिम र गाँजा खेती नष्ट

सफल खबर संवाददाता

बुधबार, १८ माघ २०७९, १० : ३५
१३० बिघा क्षेत्रफलमा गरिएको अफिम र गाँजा खेती नष्ट

फाईल तस्वीर

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाका विभिन्न स्थानमा १३० बिघा जमिनमा गरिएको अफिम खेती प्रहरीले फँडानी गरी नष्ट गरेको छ ।

ती स्थानकै २८ बिघा १० कठ्ठा जमिनमा गरिएको गाँजा खेती पनि नष्ट गरिएको छ ।

गएको शनिबारदेखि मंगलबारसम्म जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बलबाट संयुक्त रूपमा खटिएको टोलीले उक्त खेती नष्ट गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस