काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा परेको छ । राज्यशक्तिको दुरूपयोग गर्दै प्रक्रियाविपरीत नागरिकता प्रमाणपत्र पुनः प्राप्ति गरेको आरोप लामिछानेमाथि छ ।
लामिछानेविरुद्धको नागरिकता मुद्दामा सर्वोच्च अदालतले यही माघ १२ गते विदेशी नागरिकता त्यागे पनि नेपाली नागरिकता नलिएको फैसला सुनाएपछि उनको सांसद पद बदर भएको थियो । सांसदसँगै उनको उपप्रधान तथा गृहमन्त्री, पार्टी सभापति र संसदीय दलको नेताको पद पनि गुमेको थियो ।
त्यसपछि १४ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नेपाली नागरिकता प्रमाणपत्र पुनः प्राप्त गरेका लामिछाने सोही दिन रास्वपाको सभापतिको जिम्मेवारीमा फर्किएका थिए ।
लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरे पनि उनको अमेरिकी नागरिकताबारेको आशंका हटेको छैन । लामिछानेको अमेरिकी नागरिकता सम्बन्धमा सरकारी निकायले अमेरिकी सरकारसँग मागेको जवाफ नआइसकेकाले शंका गर्ने ठाउँ रहेको हो । आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १८ माघ २०७९, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट