पाकिस्तानको मस्जिदमा भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो

एजेन्सी

बुधबार, १८ माघ २०७९, ०७ : ४०
पाकिस्तानको मस्जिदमा भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो

एजेन्सी । पाकिस्तानको पेशावर शहरमा सोमबार एक मस्जिदमा आत्मघाती हमलामा परी मर्नेहरूको संख्या १०० पुगेको छ।

पछिल्लो विवरणअनुसार हालसम्म २०० भन्दा बढी घाइते भएका छन्। सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो। अफगान सीमासँग जोडिएका क्षेत्रहरूमा आक्रमणका घटनाहरू लगातार बढिरहेका छन्।

मङ्गलबार अस्पतालबाट एएफपीलाई २३ वर्षीय प्रहरी हवल्दार वजाहत अलीले भने, ‘म सात घण्टासम्म भग्नावशेषमुनि फसेको थिएँ, मैले बाँच्नका लागि सबै आशा गुमाएको थिए।’।

पेशावरको मुख्य अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले घटनास्थलबाट थप शव आएपछि मृत्यु हुनेको सङ्ख्या सय पुगेको बताएका छन्।

त्यसैगरी, दुई सयभन्दा बढी घाइते भएका अधिकारीहरूले बताएका छन्। सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एएफपीलाई दिएको जानकारीअनुसार मृतकहरूमध्ये ९० प्रतिशतभन्दा बढी प्रहरी नै थिए।

प्रतिक्रिया दिनुहोस