काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले देशको आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादीले जिम्मेवार प्रतिपक्षको हिसाबले देशको आर्थिक अवस्था र समाधानका लागि पहल गर्न आग्रह गरेको हो ।
प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापन पत्रमा देशको आर्थिक अवस्था गम्भीर सङ्कटतर्फ उन्मुख भएको भन्दै मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएको भन्दै तत्काल आर्थिक रणनीति अपनाउन उल्लेख गरिएको छ ।
माधवकुमार नेपालले हस्ताक्षर गरेको ज्ञापनपत्रमा देशको आर्थिक समस्या समाधान गर्न अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन ढिला गर्न नहुने सुझाव समेटिएको छ । ज्ञापनपत्र बुझाएपछि सो पार्टीका उपमहासचिव समेत रहेका डा. विजय पौडेलले २० बुँदे सुझावमार्फत आर्थिक नीति कार्यान्वयन, युवा शक्ति विदेश पलायन रोक्नुपर्नेलगायतलाई समेटिएको जानकारी दिए ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले समाधान गर्न सकिने विषय उठाएको भन्दै त्यसका लागि छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ माघ २०७९, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति