काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको गत पुस १८ र १९ गते सम्पन्न राजनीतिक समितिको बैठकले पार्टीको विधान अधिवेशन गर्ने निर्णय गर्यो । विधान मस्यौदा समितिले अहिले आफ्नो कामलाई तीव्रता दिएको छ ।
विधान अधिवेशन मूलरुपमा पार्टीले उठाएको पहिचानको मुद्दा र साङ्गठनिक संरचनाबारे केन्द्रित हुने समितिले जनाएको छ । जसपाको हालको विधानमा केन्द्रीय, प्रादेशिक र स्थानीय तहका विभिन्न साङ्गठनिक संरचनाहरूको व्यवस्था छ ।
खासगरी पहिचानमा आधारित लिम्बुवान, किरात, मधेश, शेर्पालुङ, नेवा, ताम्सालिङ, मगरात, तमुवान, थरुहट, खसान र दलित-शिल्पीविशेष ९१०ं१० राष्ट्रिय समितिहरू र सातवटा प्रदेशस्तरीय संरचना (जसपाले भन्ने गरेको प्रशासनिक संरचना) बीच शक्तिको बाँडफाँट र अधिकार क्षेत्रका बारेमा नेताहरुबीच फरक धारणा छन् ।
यी दुई खाले संरचनामध्ये राजकीय मामलामा हाल जसपाले प्रदेशस्तरीय समितिलाई कार्यकारी र पहिचानमा आधारित राष्ट्रिय समितिलाई समन्वयकारी हैसियत प्रदान गरेको छ ।
समग्रमा पहिचानको मुद्दाबारे पुनर्विचार गरौँ भन्ने आवाज पार्टीभित्र उठ्न थालेको छ । यस अर्थमा पहिचानको मुद्दा जसपाको विधान अधिवेशनको पेचिलो विषय बन्ने देखिन्छ । पार्टीले चैत्रसम्ममा विधान अधिवेशन गर्ने तयारी थालेसँगै विभागहरुले अभिलेख सङ्कलनको कामलाई तीव्रता दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ माघ २०७९, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता
एसपीलाई गालीगलौज गर्ने जसपा नेता यादव विरुद्ध पक्राउ पुर्जी जारी
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको संकेत