काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शहीदले देखेको सपना राजनीतिक स्वतन्त्रता मात्र नभई समृद्धि भएको बताएका छन् । शहीद दिवसको अवसरमा शुभकामना दिंदै अध्यक्ष ओलीले अहिले त्यही समृद्धिको अभियानमा लागि परेको बताएका छन् ।
‘यतिबेला हामी शहीदहरुको बलिदानी स्वरुप प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा छौं’ ओलीले जारी गरेको सन्देशमा भनिएको छ ।
सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यावहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको शृङ्खला अघि बढाएर मात्रै शहीदले देखाएको मार्ग अनुसरण गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ माघ २०७९, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शंकर पोखरेल र विष्णु पौडेल ‘लोभीपापी’ भए : केपी ओली
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता