'रवि लामिछाने मेरो आशाको केन्द्र हुनुहुन्थ्यो' : सीके राउत

सफल खबर संवाददाता

शनिबार, १४ माघ २०७९, ०७ : १६
'रवि लामिछाने मेरो आशाको केन्द्र हुनुहुन्थ्यो' : सीके राउत

काठमाडौं । रवि लामिछानेको मन्त्री र सांसद पद जानेगरी सर्वोच्च अदालतबाट फैसला आएपछि जनमत पार्टीका अध्यक्ष सिके राउतले टिप्पणी गरेका छन् ।

रवि लामिछाने आफ्नो लागि आशाको केन्द्र रहेको उनको भनाइ छ । 

अध्यक्ष राउतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो । बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो ।’