प्रदेश १ को प्रदेशभा बैठक माघ २३ गते

सफल खबर संवाददाता

विहीबार, १२ माघ २०७९, १५ : २८
प्रदेश १ को प्रदेशभा बैठक माघ २३ गते

विराटनगर । प्रदेश १ प्रदेशसभाको पहिलो अधिवेशनको छैटौं बैठक माघ २३ गतेका लागि बोलाइएको छ । पुस ३० गते उपसभामुखको निर्वाचनपछि सभामुख बाबुराम गौतमले अर्काे सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले छैठौं बैठक २३ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बताए। प्रदेशसभाको सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र उपसभामुखमा उदयपुरकी सिर्जना दनुवार निर्वाचित भइसकेका छन् । प्रदेशसभाले विषयगत समितिको टुंगो लगाउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस