सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त ४ मन्त्रीहरूले शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले चार मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मन्त्रीको सपथ लिनेहरुमा नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर जिसी र भीमप्रकाश शर्मा रहेका छन् । जिसी आन्तरिक मामिला तथा योजना मन्त्री र शर्मा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् ।
एमालेबाट टेकराज पछाई र जीतबहादुर मल्लले मन्त्रीको सपथ लिएका छन् । पछाईले सामाजिक विकास मन्त्री र मल्लले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीको शपथ लिएका छन् ।
बुधबार नवनियुक्त मन्त्रीहरुले सपथ ग्रहण गरेसँगै कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ माघ २०७९, १८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीको अदुवा–बेसार विदेशी बजारमा रोजाइ
कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य
कर्णालीका हिमालमा लेक लागेर ज्यान गुमाउनेको संख्या बढ्दै
कर्णालीका कृषिमन्त्रीले गरे कार्यसम्पादन सम्झौता
कर्णाली प्रदेश सभा बैठक बस्दै, कस्तो छ दलहरूको तयारी ?
प्रधानमन्त्रीद्वारा कर्णालीका नेतासँग आगामी बजेटबारे छलफल