काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकताको वैधतामा प्रश्न उठाएर दायर रिटमाथि सर्वाेच्च अदालतमा सुनुवाइ भइरहेको छ ।नागरिकताको वैधतमा प्रश्न उठाउँदै लामिछानेको प्रतिनिधिसभा सदस्य खारेजीको माग गर्दै अधिवक्ता रबिराज बसौला समेत र अधिवक्ता युवराज पौडेलसमेतले दायर गरेको दुईवटा छुट्टाछुट्टै रिटमाथि बुधबार संयुक्त रुपमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा सहभागी संवैधानिक इजलासमा गृहमन्त्री लामिछाने विपक्षी बनाइएको मुद्दामाथि सुनुवाइ भइरहेको हो ।
लामिछानेविरुद्धको मुद्दामाथिको सुनुवाइका लागि गठित इजलासमा बुधबार विश्वम्भरप्रसाद श्रेष्ठ थपिएका छन् भने प्रकाशमानसिंह राउतलाई हटाइएको छ । गत २२ पुसको सुनुवाइमा श्रेष्ठ बिदामा थिए ।
अमेरिकाको नागरिकता त्यागेर पुनः नेपाली नागरिकता नलिई खारेज भएकै नागरिकताबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकाले उनको सांसद पद खारेजीसहितको माग गर्दै गत २८ मंसिरमा लामिछानेविरुद्ध रिट दर्ता गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ माघ २०७९, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री लामिछानेमाथि छानबिनको माग कायम
गृहमन्त्री लामिछानेसँग भारतीय र दक्षिण कोरियाका राजदूतको भेटवार्ता
हामीलाई नागरिक बाहेक कसैको मुद्दा काँधमा बोक्नु छैन : गृहमन्त्री लामिछाने
नेविसंघले जलायो गृहमन्त्री लामिछानेको पुत्ला
सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन
सरुवा बढुवाका लागि शक्तिकेन्द्र धाउने प्रथा अन्त्य गर्छु : गृहमन्त्री लामिछाने