मानव बेचविखन र बाल यौन दुरुपयोगमा मनोज पाण्डे दोषी ठहर

सफल खबर संवाददाता

मंगलबार, १० माघ २०७९, १८ : ४३
मानव बेचविखन र बाल यौन दुरुपयोगमा मनोज पाण्डे दोषी ठहर

काठमाडौ । बाल यौन दुरुपयोग र मानव वेचबिखनको मुद्दामा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे दोषी ठहर भएका छन् । मंगलबार काठमाडौैं जिल्ला अदालतले पाण्डेलाई दोषी ठहर गरेको हो । 

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार मंगलबार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई दोषी ठहर गरेको हो । 

प्रहरीले पाण्डेविरुद्ध बाल यौन दुरुपयोग र मानव वेचबिखनको छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो । जसमध्ये बाल यौन दुरुपयोगमा पाण्डेलाई ६ महिनाको कैद, पाँच हजार रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ । 

त्यसैगरी मानव वेचबिखनको मुद्दामा समेत पाण्डे दोषी ठहर भएका छन् । दोषी ठहर भएपनि सजाय निर्धारणका लागि भने माघ २३ गतेको पेशी तोकिएको छ । 

मुलुकी फौजदारी कार्याविधि संहित अनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै पेशी तोक्ने व्यवस्था छ । सोही अनुसार पाण्डेलाई मानव वेचबिखनको मुद्दामा सजाय निर्धारका लागि माघ २३ को पेशी तोकिएको हो ।

प्रतिक्रिया दिनुहोस