एनसेलको सहकार्यमा ह्याकाथन कार्यक्रमको आयोजना गर्दै

सफल खबर संवाददाता

मंगलबार, १० माघ २०७९, १५ : ३३
एनसेलको सहकार्यमा ह्याकाथन कार्यक्रमको आयोजना गर्दै

काठमाडौं । नीजि क्षेत्रको दुरसंचार प्रदायक संस्था एनसेलले शिक्वल फाउन्डेसनसँगको सहकार्यमा माघ २७ देखि माघ २९ गते ह्याकाथन कार्यक्रमको आयोजना आयोजना गर्ने भएको छ ।

देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरुलाई लक्षित गर्दै ‘ह्याकिंग फर ह्युम्यानिटी’ थिममा नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन कार्यक्रमको आयोजना गर्न लागेको एनसेलले जनाएको छ ।

विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) प्रति आफ्नो प्रतिवद्धता अनुरुप एनसेलले शिक्वल फाउन्डेसनसँग नेपालमा हालसम्मकै ठूलो मानिएको यो ह्याकाथनका लागि सहकार्य गरेको हो । कार्यक्रमको प्रमुख उदेश्य महिलाहरुलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्नु रहेको पनि एनसेलले जनाएको । यस कार्यक्रमको अन्य साझेदारहरुमा गर्ल्स इन टेक र वुमन इन बिग डेटा रहेका छन् ।

शिक्वल फाउन्डेसनका अनुसार, छनोटमा परेका सहभागी महिलाका समूहहरुले स्वास्थ्य, शिक्षा, कृषि लगायतका विभिन्न क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न विभिन्न सोलुसन्सका प्रोटोटाइपहरु बनाउने छन् । हाल यस कार्यक्रमको तयारी स्वरुप काठमाडौ लगायत देशका विभिन्न ठाउँहरुमा कजेल एक्टिभेसनका कार्यहरु भईरहेका छन् ।

यस ह्याकाथनले महिलाहरुलाई सूचना प्रविधि क्षेत्रमा आफ्नो करियर बनाउन र यस क्षेत्रमा रहेका विभिन्न सम्भावनाहरुसँग उनीहरुलाई जोड्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास एनसेलले लिएको छ ।

प्रतिक्रिया दिनुहोस