एजेन्सी । युरोपेली सङ्घले युक्रेनलाई ५० करोड युरो बराबरको सैन्य सहयोग उपलब्ध गराउने भएको छ । सङ्घमा आवद्ध देशका विदेशमन्त्रीको सोमबार भएको बैठकले उक्त रकम बराबरको सैन्य सहायता उपलव्ध गराउने निर्णय गरेको हो ।
युक्रेनी सेनाको तालिमका निम्ति चार करोड ५० लाख युरो बराबरको सहायता प्रदान गर्न सङ्घ सहमत भएको विदेश मामिला प्रमुख जोसेप बोरेलले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । सङ्घले युक्रेनलाई उपलब्ध गराउने यो सैन्य सहयोगको सातौँ खेप हुनेछ । युक्रेनलाई सर्वाधिक सहायता प्रदान गर्ने युरोपेली सङ्घ भएको छ । सङ्घको सहयोग ५० अर्ब युरोको हाराहारीमा पुगेको छ ।
पश्चिमा देशले युक्रेनलाई हतियार उपलव्ध गराएर द्वन्द्व समाधान नहुने बरु त्यो अझ लम्बिने र त्यसले युक्रेनी जनताको दुःखकष्ट बढाउने रुसले बताउँदै आएको छ । बैठकमा इरानको वर्तमान अवस्था तथा विभिन्न उच्च सङ्घसंस्था, प्रतिनिधिसहित ३७ जना इरानी अधिकारीमाथि चौथो चरणको प्रतिबन्ध लगाउने सम्बन्धमा पनि छलफल गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १० माघ २०७९, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनले गरेको ड्रोन आक्रमणका कारण मस्कोका विमानस्थल बन्द
युक्रेनको विश्वविद्यालयमा भएको रुसी आक्रमणमा ३४ जनाको मृत्यु
युक्रेनबारे ट्रम्पका विशेष दूत र पुटिनबीच ४ घण्टा भेटवार्ता
युक्रेनमा रुसी ड्रोन आक्रमण, चार जनाको मृत्यु
रुसी पत्रकारसहित ६ जनाको मृत्यु
रुस र युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण हुन थालेपछि शान्ति वार्ता सफल हुनेमा आशंका