एम्बाप्पेको ५ गोलमा पिएसजीको फराकिलो जित

एजेन्सी

मंगलबार, १० माघ २०७९, ०८ : ४१
एम्बाप्पेको ५ गोलमा पिएसजीको फराकिलो जित

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च कप फुटबलमा पाएस डी कासेलाई फराकिलो अन्तरले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ।

सोमबार राति भएको खेलमा छैटौँ श्रेणीको पाएस डी कासेललाई ७(० गोल अन्तरले हराउँदै पिएसजी अन्तिम १६ मा प्रवेश गरेको हो।  पिएसजीको जितमा केलियन एमबाप्पे एक्लैले ५ गोल गर्दा नेमार र कार्लोस सोलेरले थप १(१ गोल गरेका थिए।

एमबाप्पेले २९, ३४ र ४० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो हाफमा पनि निरन्तर गोल गरे। ५६ र ७९ औँ मिनेटमा थप दुई गोल गर्दै उनले ५ गोल पूरा गरे। एम्बाप्पे एकै खेलमा ५ गोल गर्ने पिएसजीको पहिलो खेलाडी समेत बने।

यस सिजन एमबाप्पेले सबैखाले प्रतियोगितामा २३ गोल गरिसकेका छन्। त्यस्तै, पिएसजीका लागि थप गोल नेमारले ३३ औँ र कार्लोस सोलेरले ६४ औँ मिनेटमा गरेका थिए।

प्रतिक्रिया दिनुहोस