प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा गजुरेल

सफल खबर संवाददाता

सोमबार, ०९ माघ २०७९, १३ : २०
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा गजुरेल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेललाई नियुक्ति दिने निर्णय गरेका छन् ।

नेकपा माओवादी केन्द्रका उपवमहासचिव समेत रहेका गजुरेललाई प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार बनाउने निर्णय भएको हो ।

माओवादी पार्टीका पुराना नेता भए पनि गजुरेलले गत मंसिरको आम निर्वाचनमा सांसदका लागि टिकट पाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस