एजेन्सी । अमेरिकाको क्यालिफोर्निया स्थित मोन्टेरी पार्कमा रहेको बालरुम डान्स स्टुडियोमा गोली चल्दा कम्तिमा १० जनाले ज्यान गुमाएका छन्।
स्थानीय समुदायले ‘लुनार नयाँ वर्ष’ मनाइरहेका बेला बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ।
स्थानिय प्रहरीका अनुसार अन्य १० जना घाइते छन्। जसमा केहिको अवस्था गम्भिर रहेको छ। लस एन्जलस काउन्टी शेरिफ डिपार्टमेन्टका क्याप्टेन एन्ड्रयू मेयर्सका अनुसार स्थानिय समय अनुसार राति सवा १० बजे गोलि चलेको थियो।
घटना भएको स्थान मुख्य शहर भन्दा १३ किलोमिटर टाढा लस एन्जलसको पुर्वी भागमा रहेको छ। जहाँ ठुलोमात्रामा एसियन समुदायका मानिसहरुको बसोबास रहेको छ।
एक पुरुषले गोली चलाएको उल्लेख भएपनि आधिकारीक रुपमा सम्पुर्ण विवरणहरु भने आएको छैन्।
क्यालिफोर्नियाका गभर्नर गाभिन न्युसोमले घटना निकै डरलाग्दो भएको बताए। उनले बन्दुकको अर्को गम्भिर दुरुपयोगको परिणाम भोग्नु परेको बताए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०९ माघ २०७९, ०६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानडा सडक महोत्सवमा गोली चल्यो, दुई जनाको मृत्यु
सुनसरीबाट चाइनिज पेस्तोल र गोलीसहित दुईजना पक्राउ
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते
गोली चलाएर प्रहरीले समात्यो लुटेरा
अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु