एजेन्सी । स्पेनको राजधानी म्याड्रिडमा शनिबार प्रधानमन्त्री पेड्रो सान्चेजको वामपन्थी सरकारविरुद्ध वृहत प्रदर्शन भएको छ । चरम दक्षिणपन्थी पार्टी भोक्सले समर्थन गरेको प्रदर्शनमा हजारौं मानिस भेला भएका थिए। चुनाव हुन लागेको वर्षमा सरकार विरोधी प्रदर्शन चर्किएको हो ।
प्रदर्शनकारीहरूले पहेँलो र रातो स्पेनी झण्डा फहराउँदै प्रधानमन्त्री सान्चेजलाई राजीनामा दिन माग गरेका थिए। कतिपयले समाजवादी प्रधानमन्त्रीको तस्बिरसहित उनलाई ‘देशद्रोही’ भनेका थिए । ¥यालीका लागि म्याड्रिडको सिबेलेस स्क्वायरमा करिब ३० हजार मानिस भेला भएको केन्द्रीय सरकारको प्रतिनिधिमण्डलले जनाएको छ ।
आयोजकहरूले प्रदर्शनमा करिब ७ लाख मानिसहरूले भाग लिएको दाबी गरेका छन्। देशको प्रमुख विपक्षी कन्जरभेटिभ पार्टी भोक्स र पपुलर पार्टी (पीपी) लगायत कन्जरभेटिभ पार्टी समर्थकहरु प्रदर्शनमा भेला भएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०८ माघ २०७९, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली मेड्रिटमा
स्पेनमा बाढीपछि रुष्ट जनता सडकमा
स्पेनमा बाढीको विपत्ति: राजा-रानी र प्रधानमन्त्रीको अनुहारमा हिलो छ्यापियो, सवारीमा ढुंगामुढा