ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

सफल खबर संवाददाता

आइतबार, ०८ माघ २०७९, १३ : २५
ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड

काठमाडौं । अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् ।अष्ट्रेलियाको सिड्नीमा सम्पन्न फेस्टिभलमा सर्ट फिल्म ‘ब्लड मनी’बाट उनले यो अवार्ड जितेकी हुन् ।

सय बढी देशका फिल्मबीच भएको प्रतिस्पर्धामा ‘ब्लड मनी’ले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भएको हो ।पहिलो पटक अन्तर्राष्ट्रिय अवार्ड जितेकी उनी एक हप्तादेखि अष्ट्रेलियामा छिन् । ऋचा यही बुधबार नेपाल फर्किँदैछिन् ।

यस्तै, फिल्मका लेखक तथा निर्देशक अशोक तिमल्सिनालाई पनि फेस्टिभलमा सम्मान गरिएको थियो ।२८ मिनेटको यो फिल्ममा छोराको भूमिकामा तिमल्सिना स्वयंले अभिनय गरेका छन् भने आमाको भूमिकामा मिथिला शर्मा र पत्नीको भूमिकामा ऋचाले अभिनय गरेकी छन् । ऋचा, निर्देशक अशोक र मिथिलाका अलावा सौरभ पौडेल, पारस तिमल्सिना, विराज पराजुलीको पनि अभिनय छ ।

यो फिल्मले यसअघि पनि सिंगापुरको ओल्ड फिल्म कार्निभल फेस्टिभल लगायतका महोत्सवमा अवार्ड जितेको थियो ।

प्रतिक्रिया दिनुहोस