काठमाडाैँ- हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।
माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आइतबार दिउँसो प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राति बागमती प्रदेश र मधेस प्रदेशलगायत प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सोमबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ।
राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएकाे छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०८ माघ २०७९, ०६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको माैसम: यी स्थानमा भारी वर्षाको सम्भावना