काठमाडौं । उपसभामुख चयन गर्नका लागि प्रतिनिधि सभाको बैठक अहिले सुरू भएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको हो । आजको प्रतिनिधि सभाको बैठकले उपसभामुख चयनका गर्ने संसद सचिवालयले जनाएको छ । उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी परेको छ ।
शुक्रबार उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर र सत्ता गठबन्धन बाहिरका दलको तर्फबाट नेपाली कांग्रेसकी सांसद मुक्ता कुमारी यादवले उम्मेदवारी दर्ता गरेका थिए ।
उपसभामुख पदमा रानाको प्रस्तावकमा रास्वपाकी सांसद सोविता गौतम रहेका छन। समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका कृष्णगोपाल श्रेठ र नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा रहेका छन्।
यादवको प्रस्तावकमा कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे, समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ल र नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ माघ २०७९, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजालाई तत्काल कारबाही गर्न माओवादीको माग
ऊर्जामन्त्री खड्काको भूमिकामाथि माओवादीले उठायो प्रश्न
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग
गण्डकीमा मन्त्री पद नै लिलामीमा छ, प्रदेश सरकार भंग गरौँ : राप्रपा
प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित
प्रतिनिधि सभाको बैठकमा कांग्रेसको अवरोध