चिनियाँ राजदूतद्वारा एमाले अध्यक्ष ओलीसँग भेटवार्ता

सफल खबर संवाददाता

बुधबार, ०४ माघ २०७९, २० : ३७
चिनियाँ राजदूतद्वारा एमाले अध्यक्ष ओलीसँग भेटवार्ता

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न राजदूत चेन ओलीनिवास बालकोट पुगेका थिए ।

भेटवार्ताका क्रममा नेपाल र चीनबीच कायम सम्बन्ध र द्विपक्षीय हितबारे छलफल भएको ओलीको सचिवालयले जनाएको छ । नेपालमा सरकार परिवर्तन भएपछि काठमाडौँ आएका राजदूत चेनले पछिल्लो समय राजनीतिक भेटवार्तालाई तीव्र पार्दै लगेका छन् ।