पर्सा । वीरगंज महानगरपालिका-८ घण्टाघरबाट स्रोत नखुलेको नगद २२ लाख ५० हजार रुपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१६ नगवा बस्ने ३४ वर्षीय बिकाश साह र सोही महानगरपालिका-१८ ईनर्वा मनियारी टोल बस्ने १७ वर्षीय किशोर रहेका छन् ।
वडा प्रहरी कार्यालय विर्ता र अस्थाई प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले बीआर ०५ एई ९३४३ नम्बरको स्कटुरलाई जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी स्कुटर चालक बिकाश र स्कुटरमा सवार किशोरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ माघ २०७९, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ