पर्सा । वीरगंज महानगरपालिका-८ घण्टाघरबाट स्रोत नखुलेको नगद २२ लाख ५० हजार रुपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१६ नगवा बस्ने ३४ वर्षीय बिकाश साह र सोही महानगरपालिका-१८ ईनर्वा मनियारी टोल बस्ने १७ वर्षीय किशोर रहेका छन् ।
वडा प्रहरी कार्यालय विर्ता र अस्थाई प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले बीआर ०५ एई ९३४३ नम्बरको स्कटुरलाई जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी स्कुटर चालक बिकाश र स्कुटरमा सवार किशोरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ माघ २०७९, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ