एजेन्सी । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले जनवरी ८ मा सरकारी भवनहरू तोडफोड गर्ने प्रदर्शनकारीहरू विरुद्ध कारबाही गर्न असफल भएकोमा राष्ट्रपति निवासको सुरक्षामा खटिएका ४० सुरक्षाकर्मी हटाएका छन् ।
उनको निर्णय मंगलबार सरकारी राजपत्रमा प्रकाशित भएको हो । राष्ट्रपतिको निवास अल्भोराडा दरबारको सुरक्षा गर्ने सेनामध्ये केही नौसेना, वायुसेना र सैन्यीकृत पुलिस बलका सदस्यहरू पनि छन् ।
दक्षिणपन्थी पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूको भीडले ब्राजिलियामा संसद, सर्वोच्च अदालत र संसदमा हमला गरेका थिए । उक्त हमलाबारे प्रहरीले छानबिन गरेको छ । छानविनमा पूर्वराष्ट्रपति बोल्सोनारो र पूर्व न्यायमन्त्री पनि छानविनमा तानिएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०४ माघ २०७९, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्जेन्टिनासँगको हारपछि ब्राजिलका प्रशिक्षक बर्खास्त
विश्वकप छनौटमा बराबरीमा रोकियो ब्राजिल
ब्राजिलको सुप्रिम कोर्टबाहिर विस्फोट हुँदा एक जनाको मृत्यु
चिलीमाथि ब्राजिलको कमब्याक जित