तरकारीले उकास्यो जीवनस्तर

सफल खबर संवाददाता

बुधबार, ०४ माघ २०७९, ०७ : ४५
तरकारीले उकास्यो जीवनस्तर

चौतारा । धन कमाउन विदेश जानुपर्दैन, यसको उदाहरण बनेका छन् सिन्धुपाल्चोकको लिसँखुपाखर गाउँपालिका–५ जेठलका मकरबहादुर तामाङ ।

चार वर्ष साउदी अरबमा बस्नुभएका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछि उत्साहित भएर गाउँ फर्की तरकारी खेती गरेका छन् ।

छ महिना खान नपुग्ने उहाँको परिवारले अहिले तरकारी खेतीबाटै वार्षिक पाँच लाख आम्दानी लिन थालेको छ । यसका साथै तामाङले ३० जनालाई रोजगारीसमेत दिएका छन् । साउदी अरबको अनुभव सुनाउँदै उनले भने, ‘बालुवामा पाँच फिट माटो राखेर तरकारी लगाउँदा हुँदोरहेछ ।’

त्यहाँको तरकारी बजारमा काम गर्दाको अनुभवलाई यहाँ प्रयोग गर्दा राम्रो मुनाफा हात पार्न सफल भएको तामाङले बताए ।

सलढुङ्गा तरकारी सङ्कलन तथा आलु बीउभण्डारका अध्यक्षसमेत रहेका उनी भन्छन्, ‘सिँचाइका लागि सम्भावना भए पनि सम्बन्धित निकायमा माग गर्दा सुनुवाइ भएन ।’

तामाङ तरकारीमा रासायनिक मलको सट्टा जैविक विषादी बनाएर प्रयोग गर्छन् । रासायनिक मल प्रयोग गरेको तरकारीले दीर्घकालीन रोग बढाउने बुझेपछि उनले त्यसको बदलामा जैविक

प्रतिक्रिया दिनुहोस