सिजी ल्यान्डमार्कद्वारा झन्डै डेढ दर्जन संस्थालाई फुटबल हस्तान्तरण

सफल खबर संवाददाता

मंगलबार, ०३ माघ २०७९, १६ : ४७
सिजी ल्यान्डमार्कद्वारा झन्डै डेढ दर्जन संस्थालाई फुटबल हस्तान्तरण

चितवन । चितवनको भरतपुरस्थित व्यापारिक कम्पलेक्स सिजी ल्यान्डमार्कले आसपासका झन्डै डेढ दर्जन संस्थालाई फुटबल हस्तान्तरण गरेको छ । सिजी ल्यान्डमार्कले फुटबल खेल प्रवद्र्धन गर्न विभिन्नविद्यालय, युवाक्लब, सैनिकक्याम्प र रेडियो स्टेसनलाई फुटबल प्रदान गरेको ल्यान्डमार्कका महाप्रबन्धक उज्वल केसीले जानकारी दिए ।  

उनका अनुसार सिजी ल्यान्डमार्कले चितवन मावि, राष्ट्रिय प्रावि–यज्ञपुरी, ठोरी खेत मावि, भद्रकुमारी निमावि, कैलाशनगर मावि, प्रेम वस्तीमावि, गौरीगन्जमावि, राष्ट्रिय प्रावि–रामनगर, रामनगर मावि, सिताराम मावि, न्यु युवाक्लब, देउराली युवा क्लब, नयाँ किरण मावि, रेडियो भरतपुर र काली बहादुर गण लगायतलाई फुटबल प्रदान गरेको हो । 

खेल प्रवद्र्धनकालागि ती संस्थाहरुलाई ६०थान फुटबल निःशुल्क हस्तान्तरण गरेको महाप्रबन्धक केसीले जानकारी दिए । सिजी ल्यान्डमार्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक काम गर्दै आएको र आगामी दिनमा यसलाई अझ सशक्त रुपमा निरन्तरता दिने उनले बताए । 

प्रतिक्रिया दिनुहोस