काठमाडौ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सत्ता साझेदार दलहरुबीचमा भएको मन्त्रालयको भागबण्डामा असहमति जनाएको छ ।
सो पार्टीलाई २ मन्त्रालय दिने सत्ता साझेदार दलमा सहमति भएपनि उसले अस्वीकार गरेका हो ।
जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले मन्त्रालय बाँडफाँडमा जसपाको गम्भीर असहमति रहेको बताए ।
सत्ता गठबन्धनले सोमबार गरेको मन्त्रालय बाँडफाँटमा जनता समाजवादी पार्टी, नेपालको असहमति रहेको छ’, उनले भने, ‘निर्णयमा पुनर्विचार नगरिए जसपा सरकारमा सहभागी हुदैन ।’
बैठकपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानले भने साझेदार दलमा रहेको जसपालाई मनाउन प्रयास गरिने बताएका छन् । लामिछानेले मन्त्रीहरुको शपथ मंगलबार दिउँसो १ बजे हुने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ माघ २०७९, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा