कार्यकुशलताका आधारमा प्रदेश प्रहरीको नेतृत्व हेरफेर : गृहमन्त्री लामिछाने

सफल खबर संवाददाता

सोमबार, ०२ माघ २०७९, १३ : २३
कार्यकुशलताका आधारमा प्रदेश प्रहरीको नेतृत्व हेरफेर : गृहमन्त्री लामिछाने

काठमाडौँ । प्रदेश प्रहरीको नेतृत्वमा गएका अधिकारीहरूलाई उच्च मनोबलका साथ काम गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् । उनले कुनै राजनीतिक हस्तक्षेपबिना प्रदेश प्रहरीको नेतृत्वमा कार्यकुशलताका आधारमा जिम्मेवारी हेरफेर गरिएको बताएका हुन् । 

गृहमन्त्री लामिछानेले पुस २८ मा सातवटै प्रदेश प्रहरीको जिम्मेवारीमा सरुवा भएका डीआईजीहरूलाई सोमबार गृहमन्त्रालयमा निर्देशन दिँदै कुनै राजनीतिक हस्तक्षेपबिना संगठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरको बताएका हुन् ।

गृहमन्त्रीको सचिवालयका अनुसार ुसंगठनमा क्षमता भएकाहरूलाई उचित अवसर दिने र कुनै पनि राजनीतिक र शक्ति केन्द्रको दबाबमा प्राभावित हुन नदिने अडानमा आफू रहेको र यो विषयमा सुधार गर्न नसके आफू गृहमन्त्री भएको औचित्य नहुनेु स्पष्ट पारेको जानकारी दिएको छ । विगतमा सरुवालाई सजायको रुपमा लिने गरिएको भए पनि यसपटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै पनि राजनीति आग्रह वा पूर्वाग्रह नराखी जनताको हितमा काम गर्न गृहमन्त्रीले निर्देशन दिएका थिए ।

गृहमन्त्रीले प्रदेश प्रहरीको नेतृत्व सम्हाल्न लागेका डीआईजीहरूलाई दिएका निर्देशनबारे उनको सचिवालयले भनेको छ, ुअब प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा व्यक्तिगत विवरण लिएर धाउनुपर्दैन । तपाईंको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ यसैको आधारमा नेतृत्व चयन हुने भएकाले पनि जिम्मेवारी निर्वाहमा ध्यान दिन आग्रह गर्नुभएको छ ।ु

शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रणलगायत क्षेत्रमा काम गर्न नयाँ जिम्मेवारी पाएका अधिकारीहरूलाई गृहमन्त्रीले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस