काठमाडौ । सोमबार बस्ने भनिएको मधेश प्रदेश सभा बैठक स्थगित भएको छ।
पोखरामा भएको विमान दुर्घटनाको शोकमा सोमबार बस्ने भनिएको बैठक स्थगित गरिएको प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले जानकारी दिए।
देश शोकको घडिमा रहेकाले प्रदेशसभाको बैठक स्थगित गर्नु परेको उनले बताए।
प्रदेश सभा बैठकबाट सभामुखको निर्वाचन गर्नुका साथै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम तय गरिएको थियो।
अब मंगलबार मात्रै प्रदेशसभा बैठक बस्ने न्यौपानेले जानकारी दिए। मंगलबारको बैठकमा मुख्यमन्त्रीमा नियुक्त भएका यादवले दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची तय गरिएको छ। यसका साथै मंगलबार नै सभामुखको निर्वाचन समेत हुनेछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ माघ २०७९, ०६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
मधेशबाट काँग्रेसको निर्वाचन तयारी औपचारिक रूपमा प्रारम्भ हुने
मधेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदै
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त