सोलार फार्म लिमिटेडले आइपीओ जारी गर्दै

सफल खबर संवाददाता

आइतबार, ०१ माघ २०७९, ११ : ०७
सोलार फार्म लिमिटेडले आइपीओ जारी गर्दै

काठमाडौँ । सोलार फार्म लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० रूपैयाँ अंकित दरको २० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणमा निष्काशन गर्न लागेको हो।

यसका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

उक्त सम्झौतापत्रमा सोलार फार्म लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष आषबहादुर गुरुङ तथा कुमारी क्यापिटलका तर्फबाट का।मु। प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

सोलार फार्म लिमिटेडको अधिकृत पुँजी ६५ करोड रूपैयाँ, जारी पुँजी। ६५ करोड रूपैयाँ तथा चुक्ता पँुजी ४५ करोड रूपैयाँ रहेको छ।

नेपालको पहिलो सोलरबाट बिद्युत उत्पादन गर्ने संस्थाको रुपमा सन् २०१७ मा स्थापित सोलार फार्मले ५ मेगा वाट क्षमताको सोलारबाट सन् २०२१ सेप्टेम्बर १४ देखि व्यवसायिक विद्युत उत्पादन गरिरहेको छ।

यो आयोजना नेपालको तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका बडा नं।५ बेल चौतारामा अवस्थित छ।