बाँकेमा दादुरा सङ्क्रमित १६० जना पुगे

सफल खबर संवाददाता

आइतबार, ०१ माघ २०७९, १० : ५०
बाँकेमा दादुरा सङ्क्रमित १६० जना पुगे

काठमाडौं । बाँकेमा गएको २४ घण्टामा थप २८ जना दादुरा सङ्क्रमित भएका छन् । दादुरा सङ्क्रमित हुनेको सङ्ख्या १६० पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वार्ड न. २६, खजुरा १ र कोहलपुर १ गरी २८ जनामा पुष्टि भएको जनाएको छ । उपमहानगरपालिकाको वडा नं १, २, ३, ४, ५, ७, ९, ११, १५, १६,१८ र  मा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएका छन् ।

५० जना बिरामी होमआइसोलेसनमा छन् भने ५० जना उपचाररत छन् । उपमहानगरपालिकाका दुई वटा खोप केन्द्रमा आज दादुरा रुवेलाविरुद्धको खोप दिइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठअनुसार वार्ड नम्बर ३ र १६ को खोप केन्द्रमा दादुराविरुद्धको खोप दिइने भएको छ । खोप ६ महिनादेखि १५ महिनासम्मका बालबालिकालाई बिहान १० बजेदेखि साझ ४ बजेसम्म खोप दिइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस