दमक । झापाको दमक–६ स्थित नमुना बजारमा रहेका नौ पसलमा आगलागी हुँदा लाखौँ मूल्यबराबरको क्षति भएको छ ।
वडाध्यक्ष टेकबहादुर थापाका अनुसार आज बिहान करिब २ बजेतिर अचानक आगलागी हुँदा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको थियो । मुख्य बजारका ती ठाउँमा जुत्ता तथा कपडाका पसल रहेका थिए ।
आगलागीबाट जुत्ताचप्पल व्यवसायी राज श्रेष्ठको पसलसहित नौ पसलका सम्पूर्ण सामान नष्ट भएको उनले बताए ।
आगलागीको कारण खुल्न सकेको छैन । विद्युत् सर्ट भई आगो लागेको हुन सक्ने प्रारिम्भक अनुमान गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए । क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।
दमकसहित कमल, गौरादह र कानेपोखरीका वारुणयन्त्रको सहायतामा प्रहरी तथा स्थानीयवासीको प्रयासमा करिब तीन घण्टापछि आगलागी नियन्त्रणमा आएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ माघ २०७९, १० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुत्ता-चप्पल गोदाममा आगलागी, ७० लाखको क्षति
टिपरमा एकाएक आगलागी
फ्रान्सको जंगलमा भीषण आगलागी, महिलाको मृत्यु
चार महिनामा एक हजार बढी आगलागीका घटना
धनगढीमा भीषण आगलागीबाट आठवटा सटर जलेर नष्ट
वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति