भ्याटमा उत्पादनमूलक क्षेत्रको योगदान उच्च

रासस

आइतबार, ०१ माघ २०७९, ०८ : ३९
भ्याटमा उत्पादनमूलक क्षेत्रको योगदान उच्च

काठमाडौ । मूल्य अभिवृद्धिकर (भ्याट)मा उत्पादनमूलक क्षेत्रको योगदान निरन्तर अग्रस्थानमा रहेको देखिएको छ । विगत ५ वर्षमा संकलित भ्याटको तथ्यांक हेर्दा उत्पादनमूलक क्षेत्रबाटै सबैभन्दा बढी उठेको देखिन्छ ।

आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष ९आव० २०७४र७५ मा उत्पादनमूलक क्षेत्रबाट २६ अर्ब ८ करोड रुपैयाँ भ्याट संकलन भएकोमा आव २०७८र७९ आइपुग्दा बढेर ३९ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

उत्पादनमूलक क्षेत्रबाट संकलित भ्याट १ वर्षबाहेक निरन्तर वृद्धि भइरहेको पनि उक्त तथ्यांकले देखाउँछ । आव २०७६र७७ मा कोभिडका कारण अघिल्लो वर्षको तुलनामा यस क्षेत्रबाट संकलित भ्याट घटेको देखिन्छ ।

भ्याटलाई आन्तरिक राजस्व विभागले ६ शीर्षकमा राखेर हिसाब गर्ने गरेको छ । ती उत्पादनमूलक क्षेत्र उद्योग, पर्यटन क्षेत्र, विक्री वितरण, रिभर्स चार्ज, ठेक्का परामर्श, अन्य सेवा हुन् । मूल्य अभिवृद्धिकरको संरचनात्मक अवस्था हेर्दा आव २०७८र७९ मा आन्तरिकतर्फको मूल्य अभिवृद्धिकर संकलन ११५ दशमलव ८६ अर्ब रुपैयाँ रहेको छ ।

यसमा प्रत्येक क्षेत्रको योगदान हेर्दा सबैभन्दा बढी उत्पादनमूलक क्षेत्रको ३२ दशमलव ७९ प्रतिशत र विक्री वितरणको २५ दशमलव ३० प्रतिशत देखिन्छ । सबैभन्दा कम पर्यटन क्षेत्रको १ दशमलव शून्य ६ प्रतिशत रहेको छ ।

विभागका निर्देशक राजुप्रसाद प्याकुरेल भ्याटमा उद्योग क्षेत्रको योगदान उल्लेखनीय रहेको बताउँछन् । उनका अनुसार कोभिडका कारण उत्पादन घट्दा आव २०७६र७७ को संकलन अघिल्लो आवको तुलनामा घटेको हो ।

पर्यटन क्षेत्रतर्फको भ्याट संकलनमा कोभिडको समयमा कमी आए पनि आगामी दिनमा यसको योगदान बढ्नेमा विभाग आशावादी छ । आर्थिक अभियानमा खबर छ ।

प्रतिक्रिया दिनुहोस