पोखरा । गण्डकी प्रदेशसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र) का कृष्ण धिताल र नेपाली कांग्रेसका सरस्वती अर्यालले उम्मेदवारी दिएका छन।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका धितालको प्रस्तावकमा फणिन्द्र देवकोटा र समर्थकमा रोशनबहादुर गाहा थापा रहेका छन। यस्तै अर्यालको प्रस्तावकमा डिल्लीराम सुवेदी र समर्थकमा डा टकराज गुरुङ रहनुभएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए।
उम्मेदवारी सम्बन्धमा दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा छलफल भई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सत्ता गठबन्धनमा यसअघि नै गण्डकीमा नेकपा(एमाले) ले मुख्यमन्त्री र माओवादी केन्द्रले सभामुख पाउने सहमति भएको थियो ।
सहमतिअनुसार नै गण्डकी प्रदेश एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन । साठी सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (एमाले) का २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य हुन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० पुस २०७९, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल