पोखरा । गण्डकीमा माओवादीले पनि मुख्यमन्त्री दाबी गरेको छ । दलका नेता हरिबहादुर चुमानले साढे २ वर्षपछि मुख्यमन्त्री बन्ने दाबी गरेका हुन् । सुरुमा पनि मुख्यमन्त्री दावी गरेको चुमान अन्ततः मन्त्री मात्रै बनेर सरकारमा गएका छन् । उनले मुख्यमन्त्री खगराज अधिकारीसँगै विना विभागीय मन्त्रीको रुपमा सोमबार सपथ लिएका हुन् ।
चुमानले २ वर्षपछि मुख्यमन्त्री बन्ने तयारीका साथ सरकारमा गएको बताएका छन् । ‘पहिलो पटक एमालेका संसदीय दलका नेतालाई दिने भन्ने निर्णय आएपछि खगराज जी मुख्यमन्त्री बन्नुभएको हो,’ उनले भने, ‘यो भनेकै आलोपालोको कुरा हो । त्यही कुरा आएको छ, अहिले अझै स्पष्ट भएर आएको छ । नेतृत्वले पनि केन्द्रमा आलोपालो भन्ने मानसिकता बनाएको छ ।’
चुमानले सरकारलाई सफल बनाउनका लागि दलको नेता जानुपर्छ भनेर आफु सरकारमा गएको दावी गरे । ‘म सरकारमा जाँदा भोली माओवादीलाई पालो आउँदा मुख्यमन्त्री बन्न कुनै बाधा हुँदैन । हाम्रो नेतृत्वसँग सम्पर्क गरिरहेका छौं । उहाँले आलोपालो होइन भन्नुभएको छैन,’ उनी भन्छन्, ‘अरु पनि प्रदेशमा आलोपालोको कुरा भैरहेको छ । त्यसले गर्दा गण्डकीमा पनि आलोपालो स्वभाविक हो ।’
चुमानले मुख्यमन्त्रीपछिको प्रमुख मन्त्रालय आफुले पाउने बताएका छन् । ‘हामी संयुक्त मोर्चामा रहेका दलहरुबीच छलफल हुने र नेताहरुले टुंग्याउने कुरा हो । मुख्यमन्त्री पछिको दोश्रो मन्त्रालय स्वभाविक रुपमा हाम्रो भागमा पर्छ,’ चुमान थप्छन्, ‘अहिले १२ मन्त्रालय छ, त्यो घट्दै छ । कति मन्त्रालय बन्छ र संरचना के हुन्छ भन्ने टुंगिएको छैन । तर दोश्रो मन्त्रालय माओवादीको भागमा पर्छ ।’ उनका अनुसार अर्थ वा भौतिक मध्ये १ मन्त्रालय रोजेर माओवादीले पाउने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ पुस २०७९, १८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा नवनियुक्त मन्त्रीले लिए शपथ
गण्डकीमा एमालेका २ मन्त्री थप
गण्डकीका मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने
गण्डकीमा संसद बैठक बहिस्कार गर्ने कांग्रेसको निर्णय
मुख्यमन्त्री नियुक्ती प्रकृया असंवैधानिक भन्दै कांग्रेसले प्रदेश प्रमुखलाई बुझायो पत्र
गण्डकीको बाह्र सय हेक्टरमा डढेलो