प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

सफल खबर संवाददाता

शुक्रबार, २९ पुस २०७९, १६ : १५
प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश १ को प्रदेश सभामा कार्कीको पक्षमा ५९ मत र विपक्षमा ३२ मत खसेको थियो । नेपाली कांग्रेसका एक जना सांसद बैठकमा अनुपस्थित रहे ।

प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री कार्कीलाई आइतबार साँझ मुख्यमन्त्री नियुक्त गरेका थिए । उनलाई प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थन रहेको थियो ।

प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यकमध्ये ६० जनाको समर्थनसहित कार्कीले दाबी पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस