काठमाडौं । घाँस काट्न गएकी २१ वर्षीया एक युवतीको भीरबाट लडेर मृत्यु भएको छ ।
डोटीको शिखर नगरपालिका –१ की २१ वर्षीया अमिशा शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो घर नजिकै जंगलमा घाँस काट्न जाने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीको भनाइ छ ।
मृत्यु भएकी युवति अमिशा कैलालीकोे धनगढी हसनपुरस्थित एेश्वर्य बहुमुखी क्याम्पसमा स्नातक प्रथम बर्षमा अध्ययनरत थिइन्। जाडो बिदा भएपछि उनी आफ्नो जन्मघर डोटी गएकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ पुस २०७९, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु