काठमाडौं । घाँस काट्न गएकी २१ वर्षीया एक युवतीको भीरबाट लडेर मृत्यु भएको छ ।
डोटीको शिखर नगरपालिका –१ की २१ वर्षीया अमिशा शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो घर नजिकै जंगलमा घाँस काट्न जाने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीको भनाइ छ ।
मृत्यु भएकी युवति अमिशा कैलालीकोे धनगढी हसनपुरस्थित एेश्वर्य बहुमुखी क्याम्पसमा स्नातक प्रथम बर्षमा अध्ययनरत थिइन्। जाडो बिदा भएपछि उनी आफ्नो जन्मघर डोटी गएकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ पुस २०७९, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु