कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

विहीबार, २८ पुस २०७९, ०६ : २९
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले देशभरको हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। पूर्वी तथा मध्य तराईका केहि स्थानमा हुस्सु लागेको अवस्था छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका भू-भागमा तथा  गण्डकी  प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।

सुदूरपश्चिम , कर्णाली  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  तथा बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहनेछ । 

प्रतिक्रिया दिनुहोस