राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायणको शालिकमा माल्यार्पण

सफल खबर संवाददाता

बुधबार, २७ पुस २०७९, १२ : ५३
राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायणको शालिकमा माल्यार्पण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरेकी छन् । राष्ट्रपति भण्डारीले आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् ।

आज पुस २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा सरकारले आज सार्वजनिक विदासमेत दिएको छ ।राष्ट्रपति भण्डारी माल्यार्पण कार्यक्रममा जाँदा सिंहदरबार आसपासको सुरक्षा व्यवस्था कडा पारिएको थियो । कार्यक्रममा उल्लेख्य संख्यामा सर्वसाधारण सहभागी थिए ।

पृथ्वी जयन्तीको अवसरमा आजै राप्रपा र राप्रपा नेपालले पनि माल्यार्पण तथा चियापान कार्यक्रम आयोजना गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस