झापा । झापामा श्रीमानको लात्ती प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।
मंगलबार राति भोजपुर स्थायी ठेगाना भएर झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ९ स्थित खरबन्दीमा बस्दै आएका विश्वराज घिसिङले आपसी विवादमा श्रीमतीलाई लात्ती प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।
स्थानीय वीर बहादर भुजेलको घरमा डेरा गरी बस्ने वर्ष घिसिङले श्रीमति प्रमिलालाई खाना नपकाएको कारण झैझगडा गरी पेटमा लात्तीले हानेका थिए । प्रहरीले घिसिङलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ पुस २०७९, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु