झापा । झापामा अनियन्त्रित भएर पुलको रेलिङमा ठोकिएको मोटरसाइकल र अर्को मोटरसाइकल एकापसमा ठोकिँदा जनाको मृत्यु भएको छ ।
मंगलबार साँझ मेचीनगर नगरपालिका वडा नम्बर ७ निन्दा पुलस्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे २ प ७०९२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको मे ५ प १९४३ नम्बरको मोटरसाइकलले आफै अनियन्त्रित भई पुलको रेलिङमा ठोकिँदा ठक्कर दिएको थियो ।
सो क्रममा मे २ प ७०९२ नम्बरको मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा नम्बर १० बस्ने वर्ष ५३ का सूर्य नारायण चौधरी घाईते भएका थिए । उनको एन्जल मेडिकल धुलाबारीमा उपचार भई रहेको र मे ५ प १९४३ नम्बरको मोटरसाइकल मेचीनगर नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ३३ का सुसाहाङ नेम्वाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना हुने दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ भने सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ पुस २०७९, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु