चित्रबहादुर केसीले प्रतिपक्षमा उभिदैं भने : 'चुनावमा खर्च भएको पैसा उठाउन सबै एकैठांउमा सत्ता केन्द्रित भए'

सफल खबर संवाददाता

मंगलबार, २६ पुस २०७९, १६ : ०४
चित्रबहादुर केसीले प्रतिपक्षमा उभिदैं भने : 'चुनावमा खर्च भएको पैसा उठाउन सबै एकैठांउमा सत्ता केन्द्रित भए'

काठमाडौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफूहरुले विपक्षमा मतदान गर्ने बताएका छन् ।

उनले सबै ठूला दल एकठाउँमा उभिँदा आफूहरुलाई डर लागेको बताए ।

“यहाँ पूर्वप्रधानमन्त्रीको कुरा सुन्दा अचम्म लाग्यो, प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ भन्ने कुरा पनि उठे,” उनले भने, “अझै पनि हेक्का भएन है ? विघटन गरेर चुनावमा जाँदा राज्यको कति खर्च भयो ? उम्मेदवारको कति भयो ? पहिले चुनावमा जाँदा खल्तीमा पैसा लैजान्थ्यौं अहिले बोरोमा लैजानुपर्ने भएछ । सरकारमा नगइ र नबसी चुनावमा उडाएको पैसा उठ्छ ? त्यसबाट बच्न पनि सबै एकठाउँमा जम्मा भएको हो कि भन्ने डर लाग्यो मलाई ।”

प्रतिक्रिया दिनुहोस