एजेन्सी । हङकङमा एक लुटेराले सार्वजनिक अस्पतालबाहिर नजिकै एक नर्सबाट ४ हजार हङकङ डलर लुटेका छन्। तर, आफ्नो परिचय पत्र छाडेका कारण लुटेरा पक्राउ परेका छन्।
सोमबार राति १० बजे सेउङ क्वान ओस्थित हेवेन अफ होप अस्पतालबाहिर काम सकेर घर फर्किन लागेकी नर्सबाट ती व्यक्तिले पैसा लुटेका हुन्। ‘ती व्यक्तिले पछाडिबाट पीडितको घाँटी समातेर पर्स र घडी लुटे,’ इन्स्पेक्टर लाइ तातचिङले मंगलबार भने।
नजिकै उभिएका अर्का व्यक्तिले त्यो देखेर लुटेरालाई केहीबेर लखेटेका थिए। तर, उनी भाग्न सफल भए। २० सेकेन्डभित्रै लुटपाट सकेर ती व्यक्ति भागेको प्रहरीको भनाइ छ। तर, धक्कामुक्कीमा लुटेराको पर्स भुइँमा खसेको भेटियो। जहाँ उनको परिचय पत्र समेत थियो।
अस्पतालबाट पाँच सय मिटर नजिकै रहेको उनको ठेगानामा प्रहरी पुग्यो र उनलाई गिरफ्तार गर्यो। प्रहरीले पीडितको पर्स उनकै फ्ल्याटमा फेला पारेको छ। ती ३४ वर्षीय व्यक्ति जुवामा हारेर ऋणमा रहेको प्रहरीले पत्ता लगाएको छ। जनवरीदेखि अक्टोबरसम्म प्रहरीकहाँ लुटपाटका ६४ घटना दर्ज भएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २६ पुस २०७९, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्यूनतम तलब, भत्ता र सेवा-सुविधा सुनिश्चित गर्न माग राख्दै देशभरका नर्स आन्दोलित
नर्सको समस्या समाधानका लागि सातै प्रदेशमा कार्यदल गठन
नर्सका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन
काम अनुसारको दाम नपाउँदा नर्स पलायन
परोपकार प्रसूति गृहमा स्टाफ नर्सका लागि दरखास्त आह्वान
चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी