काठमाडौं । नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपालले धेरै गफ गरेर देश नबन्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गफाडी बोकेर नहिँड्न सल्लाह दिएका छन् ।
उनले कुराले चिउरा नभिझ्ने बताउँदै चिउरा भिजाउन कि दूध कि दही चाहिने भन्दै गफ होइन काम गर्ने व्यक्तिको खाँचो रहेको औँल्याए ।उनले भने, ‘कुरा कम गरौँ काम धेरै गरेर देखाऔँ । कुरा सुन्दा सुन्दा हाम्रो कान थाकिसक्यो, वाक्क दिक्क भइसक्यो । हामी कुरामा, गफमा कम छैनौँ । गफाडीका राजाहरु पनि हामीलाई भनिसकेका छौँ । र, त्यस्तो गफाडी संस्कारलाई बोकेर नबढुनुहोला प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण मैले गराउन चाहन्छु ।’
भ्रष्टाचारको जरो राजनीतिक इच्छाशक्ति नै कमी भएकोले यो प्रवृत्ति फैलिरहेको पनि उनले बताएका छन् । साथै, राजनीति दल आफैँ भ्रष्टाचारको उत्प्रेरक भएकाले पनि यो परिस्थिति सिर्जना भएको बताए । साथै, जोसुकै होस् त्यस्ता भ्रष्टाचारीलाई सजाय दिनुपर्ने पनि उनले सल्लाह दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ पुस २०७९, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल