काठमाडौं । नेकपा (एकीकृत समाजावादी) का अध्यक्ष माधवकुमार नेपालले धेरै गफ गरेर देश नबन्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गफाडी बोकेर नहिँड्न सल्लाह दिएका छन् ।
उनले कुराले चिउरा नभिझ्ने बताउँदै चिउरा भिजाउन कि दूध कि दही चाहिने भन्दै गफ होइन काम गर्ने व्यक्तिको खाँचो रहेको औँल्याए ।उनले भने, ‘कुरा कम गरौँ काम धेरै गरेर देखाऔँ । कुरा सुन्दा सुन्दा हाम्रो कान थाकिसक्यो, वाक्क दिक्क भइसक्यो । हामी कुरामा, गफमा कम छैनौँ । गफाडीका राजाहरु पनि हामीलाई भनिसकेका छौँ । र, त्यस्तो गफाडी संस्कारलाई बोकेर नबढुनुहोला प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण मैले गराउन चाहन्छु ।’
भ्रष्टाचारको जरो राजनीतिक इच्छाशक्ति नै कमी भएकोले यो प्रवृत्ति फैलिरहेको पनि उनले बताएका छन् । साथै, राजनीति दल आफैँ भ्रष्टाचारको उत्प्रेरक भएकाले पनि यो परिस्थिति सिर्जना भएको बताए । साथै, जोसुकै होस् त्यस्ता भ्रष्टाचारीलाई सजाय दिनुपर्ने पनि उनले सल्लाह दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ पुस २०७९, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड