चितवनमा एक दम्पती झुण्डिएको अवस्थामा मृत फेला

सफल खबर संवाददाता

मंगलबार, २६ पुस २०७९, ११ : ५५
चितवनमा एक दम्पती झुण्डिएको अवस्थामा मृत फेला

चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् ।

भरतपुरको वडा नं. २९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा २७र२८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २४, २५ वर्षकी शान्ति रानामगर भुईँमा मृत भेटिएका हुन् ।

अहिले प्रहरी घटनास्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गर्ने र अनुसन्धान गरिरहेको छ ।

मृतक प्रेमबहादुरले कुटपिट गरेर श्रीमतीको हत्या गरेपछि आफूले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस